Friday, 29 August 2014

सुन कुल्चेर नुन खोज्नेहरुका लागि उदाहरण हुन् –रञ्जीत

रोल्पा इरिबाङ गाविसको बागमारा बजारदेखि करिब १ किलोमिटर माथिल्लो रपागाउँमा बस्छन् रञ्जीत । दशवर्षे माओवादी आन्दोलनमा गाउँका अगुवा बनेर हिडेका उनी अहिले बोटबिरुवा उत्पादन गरी वातावरण हराभरा बनाउने अभियानमा लागेका छन् । उनको वास्ताविक नाम चाँही खड्गबीर बुढामगर हो तर माओवादी जनयुद्धले उनलाई रञ्जीतको नाम दियो र त्यही नामबाटै सफल समाजसेवीको पहिचान बनाए । आफ्नै घरमा बसेर घरपरिवारको हेरचाह गर्नुका साथै विभिन्न प्रजातिका बोटबिरुवा उत्पादन गरी जिल्लाभित्र र छिमेकी जिल्लाहरुमा समेत निर्यात गरिरहेका उनले अहिलेसम्म रुकुमका विभिन्न ठाउँहरुमा बिरुवा पठाइसकेको बताउनुहुन्छ । उमेरले ५१ पुगिसकेका रञ्जीतले अङ्गुर, सजिवन, सल्ला, ढ्यार, सुन्तला, हल्लावेट, दाँते ओखर, इपिल, दालचिनी (तेजपात), दालेघाँस खरी, टिमुर लगायतका थुप्रै बोटबिरुवाहरु आफ्नै नर्सरीमा उत्पादन गर्छन् । अहिलेसम्म स्थानीय मागअनुसार नै बिरुवा उत्पादन गर्ने गरेको बताउने उनी बाग्लुङबाट समेत माग आउने गरेको बताउनुहुन्छ । केही बीउ इन्डियाबाट लिने र केही स्थानीय उत्पादनलाई प्रशोधन गरी वितरण गर्ने गरेको उनको भनाई छ ।
कुनै औपचारिक तालिम विना नै नर्सरी सुरु गरेका उनी आफूलाई व्यवसायबाट आत्मसन्तुष्टि मिलेको बताउँछन् । ‘मैले कुनै तालिम लिएको छैन, सबै कुरा गरेर नै सिकेको हुँ ।’ आन्मसन्तुष्टि नै ठूलो कुरा ठान्ने उनी समाजसेवामा अरु आश नभएको बताउँछन् । ‘आफ्नै उत्पादनले वरिपरीका जंगलहरु हराभरा भएको देख्छु निकै गौरव लाग्छ ।’ सैदान्तिक कुरामा भन्दा व्यवहारिक परिपक्वतामा विश्वास गर्ने उनी आफूसँग योग्यताको कुनै कागजी ठेली नभए पनि कामको हिसाबले पाको भइसकेको ठोकुवा गर्छन् । उनका अनुसार नर्सरीको राम्रो रेखदेख गर्ने हो भने वार्षिक एकलाख भन्दा बढी नै आम्दानी हुने गर्दछ । बेला बेला सामुदायिक बनबाट सल्लाह लिने गरेको बताउने रञ्जीतले जिल्ला कृषि विकास कार्यालय, जिल्ला बन कार्यालयले आफूलाई बेवास्ता गरेकोप्रति भने गुनासो गरे । उनले भने ‘जिल्ला बनबाट केही बिरुवा किनेर लगें तर आशा गरेअनुसार सहयोग पाइरहेको छैन ।’
वातावरणीय हराभरामा रमाउने रञ्जीतले यही पेशा रोज्नुमा कसैको प्रेरणा छैन । उनी भन्छन् ‘बन जोगाऔं भन्ने मेरो पुरानो मान्यता हो, त्यसैको सहयोगबाट यो पेशा अंगालें ।’ सिजन अनुसार बिरुवाको उत्पादन तथा वितरण राम्रै हुने गरेको बताउने उनले पहिले इन्डियामा नै बिरुवा उत्पादनको काम सिकेका हुन् । इन्डियामा गर्न सकिने काम आफ्नो देशमा पनि सम्भव छ भन्ने कुराले उत्साही भएको कारण यो काममा लागेको उनको भनाई छ । सबै कुरा नपुगे पनि सामाजिक सेवाको रुपमा बुझेको उहाँ बताउनुहुन्छ, ‘धेरै कुराहरु चाहेर पनि पुरा गर्न सकेको छैन, तर सन्तुष्ट छु, समाजसेवा हो ।’ भविश्यमा यही पेशालाई व्यवस्थित बनाउने सुरमा रहेका उनी जिल्ला बन कार्यालय, जिल्ला कृषि विकास कार्यालयले केही हौसलामूलक काम गरिदिए हुन्थ्यो भन्ने सोचाइमा छन् । अहिले पानीको समस्या भएकोले व्यवस्थित गर्न नसकिएको उनको भनाई छ । यो बाहेक उनले तरकारी समेत उत्पादन गर्दै आएका छन् ।
दैनिक लाखौं नेपाली युवाहरु रोजगारीको शिलशिलामा विदेशिन्छन् । तर स्वदेशमै केही गर्न सकिन्छ भन्ने कुरामा भने उनीहरु विश्वास गर्दैनन् । रञ्जीतको यो उदाहरणले सुनलाई कुल्चेर नुनको खोजीमा भौंतारिनेहरुलाई अवश्य केही सिकाउने छ ।

यो च्याउको नाम के हो थाहा छ ?

बर्षायाममा जँगलमा उब्जने च्याउ मध्ये (2) नम्बरमा पर्दछ यो च्याउ । बिशेष गरि यो च्याउ बर्षातमा रिमझिम-रिमझिम झरि पर्दा उम्रने गर्दछ जँगलमा मात्र नभएर यो च्याउ प्राय खेत बरीमा पनि उम्रने गरेको देखिन्छ। कुनै-कुनै ठाँउमा यो च्याउको नाम थाहा नभएर पनि नखाने प्रचलन छ तर यो च्याउ खाने ब्यक्तिहरुले भन्ने गर्छन् बर्षायामको समयमा जँगलमा उम्रने च्याउ मध्ये तरकारी खानलाई (2) नम्बरमा पर्छ ।

श्रीमानले नजरबन्दमा राखेको भन्दै गायीका विष्णु माझीको अवस्था सार्वजनिक

कवि तथा कलाकार बादल घिमिरेले लोक गायीका विष्णु माझीलाई उनका श्रीमानले नजरबन्दमा राखेको भन्दै उनको विषयमा कुरा उठाउन सञ्चार माध्यम र अधिकारकर्मीलाई आग्रह गरेका छन् । विष्णु माझी चर्चित लोक गायीका भएपनि उनको चरम शोषण भैरहेको भन्दै उनले फेसबुकबाट यस्तो आग्रह गरेका हुन् । उनको फेसबुक विज्ञप्ति यस्तो छः

सार्वजनिक विज्ञप्ति

लगभग तीन बर्षको अन्तरालपछि पुनस् गायिका विष्णु माझीको बारेमा केही लेख्दैछु बिष्णुको बारेमा आवाज उठाए वापत् यो भन्दा अगाडी मलाई अपरिचितबाट ज्यान मार्ने धम्की आएको थियो तर यसपटक पनि जीवनलाई अचानोमा राखेरै भए पनि हिम्मत जुटाएको छु चर्चित लोक गायिका विष्णु माझी स्याङ्जा जिल्ला चापाकोट नगरपालिका -साविक रत्नपुर – काली नदीको किनार खोरियाघाटमा जन्मेकी हुन् जुन स्थान वरिपरि गायक कलाकार भगवान भण्डारी , बद्री पंगेनी , एकनारायण भण्डारी ,रूपक डोटेल , रामजी खाँण आदि जन्मिएको भूमि हो मेरो घरबाट विष्णुको घर पुग्न लगभग पन्ध्र मिनेटको दुरी पर्छ विष्णुको बारे पछिल्लो समयमा सञ्चार माध्यममा आवाज उठ्न थालेको छ म चाहन्छु यथार्थ वाहिर आओस् र विष्णुले बाँकी जिन्दगी भूमिगत रूपमा बिताउन नपरोस्

एक दशक अगाडी ठ्याक्कै साल भूलेँ बुटवल महोत्सवबाट विष्णुको जादुयी स्वर सुनेर सुन्दरमणी अधिकारीले गायिका बनाउँछु भनेर विष्णुलाई काठमाण्डौँका लागि रात्रीबस चढाएका थिए आज विष्णु यो देशकी महंगी र चर्चित गायिका त बनिन् तर सुन्दरमणीले चढाएको विष्णुको जिन्दगीको रात्रीबस कहाँ पुग्यो कसैलाई पत्तो छैन ( लाग्छ विष्णु स्वयं अनभिज्ञ छन् विष्णुको स्वर नसुन्ने त यो देशमा बिरलै होलान् तर विष्णुको भूमिगत जिन्दगीको बारेमा कमैलाई थाह होला देशकै चर्चित गायिका कुनै सञ्चार माध्यममा छाउँदिनन् न त देश विदेशको कन्सर्टमै देखा पर्छिन् न उनीसंग आफ्नो घर छ न एउटा मोबाइल आखिर विष्णुलाई यस्तो कस्ले बनायो रु उत्तर स् सुन्दरमणी अधिकारीले विष्णु गीत गाँउछिन् सुन्दरमणी पैसा बुझ्छन् विष्णुको जिन्दगीको रिमोट सुन्दरको हातमा छ लाग्छ विष्णुले श्वास फेर्न पनि अनुमति सुन्दरकै लिनुपर्छ र ?

हुन त केही बर्ष अगि सुन्दरले विष्णुलाई बिहे गरे भन्ने सुनियो तर बिष्णुले गाएर कमाएको करोडौँ पैसासंग गरे बिष्णुसंग थाह भएन आफ्नै श्रीमतीलाई भूमिगत शैलीमा बाँच्न विवश तुल्याउने अधिकार श्रीमानलाई हुन्छ रु विष्णु सुन्दरमणीको नजरबन्दमा छिन् ,उनको अवस्था के छ कसैलाई थाह छैन र न त उनका पिता तारा माझीलाई थाह छ न दाजु बाबुराम माझीलाई नै गीत त गाउँछिन् अझै पनि तर रोबोट शैलीमा रिमोट सुन्दरको हातमा छ अन्तमा विष्णुको बारेमा यथार्थ बाहिर किन ल्याउँदैनन् यो देशका पत्रकारहरू रेखा थापाको पाइन्ट एक इन्च तल झरे हेडलाइन खबर बनाउने पत्रकार महोदयहरू किन चुपचाप छन् र ? डन चरी मारिँदा सदन अवरूध्द गराउने दलहरू के गरिरहेका छन् रु यो देशमा महिला अधिकारकर्मी छन् कि छैनन् ? छन् भने कहाँ रत्यौली खेलेर बसिरहका छन् ? हामी सम्पूर्ण संगीतप्रेमीहरूलाई एकमुष्ट जवाफ चाहियो ?

यस अघि गायीका विष्णु माझीको भूमिगत जीवन शैलीको विषयमा नेपाल साप्ताहिकमा पनि एउटा फिचर प्रकाशित भएको थियो । उक्त फिचरका लेखक पत्रकार गोकर्ण गौतमले पनि विष्णु माझीलाई उनीसँग विवाह गरेको भनिएका कलाकार सुन्दरमणि अधिकारीले सम्पूर्ण नियन्त्रणमा राखेको उल्लेख गरेका थिए । उनले लेखेका छन् पाँच हजार गीतमा स्वर भरिसकेकी र दशकभन्दा बढी समयदेखि लोकगायनमा जमेकी बिष्णुको जीवन गुममान छ, लगभग भूमिगत शैलीमा । एक दशकको बीचमा उनी कुनै सार्वजनिक समारोह वा सञ्चारमाध्यममा देखा परेकी छैनन् । एउटा गीत गाएको अरु कलाकारले ६ ,७ हजार रुपियाँ बुझ्ने बिष्णुको नयाँ तस्बिर बाहिर नआएकै आठ बर्ष बित्यो । स्वदेश तथा विदेशका सांस्कृतिक कार्यक्रममा उनको अत्यधिक माग छ तर कतै देखिन्नन् । समकक्षी कलाकारसँग उठबस छैन् । कतिपय भने स्टुडियोमा गीत रेकर्ड गराउँदा पनि उनले पर्दा लगाएर गाउने गरेको एक रेकर्डिस्टको भनाई छ ।

गाएरै सवैभन्दा धेरै कमाउनेमध्येकी यी लोकगायिकाको जीवनशैलीमा कुनै परिवर्तन आएको छैन । जस्तो सञ्चारप्रविधिको यो युगमा उनीसँग मोवाइलसमेत छैन । उनको काठमाण्डू बसाइबारे पनि धेरै जानकार छैनन् । यति चर्चित गायिका किन गुमनाम छिन त रु किन समाजमा घुलमील भएकी छैनन रु सोसल चार्म सिर्जना गर्न चाहन्न् रु उनीवरिपरि घुम्ने यिनै प्रश्नले नेपाली लोकगायन करिव दशकदेखि अनुत्तरित छ । बिष्णुको करिअरलाई नजिकबाट नियालीरहेका र लोकसंगीतमा सक्रिय स्रष्टाहरु उनको जीवनशैली गुमनाम हुनुको कारण मान्छन् सुन्दरमणी अधिकारीलाई ।

बिष्णु माझी नेपाली लोक र दोहोरी क्षेत्रकी उज्वल नक्षत्र हुन् । उनका गीत सुन्नेहरुले पनि उनको ब्यक्तिगत जीवनको बारेमा जानकारी राख्दैनन् ।


दुईखोलि दोभान मा बागमारा बजार ।

हिउदयामको बागमाराको सिन तर पनि रमनिय लाग्छ ।

त्यो अवस्थाको सुन्दर पुल।


त्यो अवस्थाको सुन्दर पुल।

करिब १४ साल अगाडि बागमारामा जनताको श्रमदान बापत निर्माण भएको यो पुल अझै सम्म पनि हामी यसै पुल मार्फत आवतजाव गरिरहन्छौँ यसै पुलको ठिक पश्चिम तिर पशु असपताल तथा क़र्षि भेट्नरी फ्रामेसी छ र त्यो पनि जनश्रमदान बाटै निर्माण भएको हो ।
त्यो बेलामा कत्तिको मेहनत गरेर जनताको खुन पसिना बगेको छ भन्ने श्रमिक हरुलाई मात्र थाहा छ होला तर अहिले यी दुबैको हेरचाह र मर्मत कार्यमा कसैको ध्यान जाँदैन किन ? ताकि यो पुल र क़र्षक भेट्नरीको जुनै बेलामा पनि आवश्यक छ ।

Thursday, 28 August 2014

दुई खोलिको दोवानमा बागमारा बजार । (रोल्पा)




इरिबाङ ९ नम्बर वडामा पर्ने बागमारा बजार अहिले प्रख्यात रुपमा चर्चामा आउन थालेको छ । मिती २०६० सालमा ने.क.पा. माओबादी जनमुक्तिसेनाका डिभीजन कमान्डर नेब बहादुर के.सी (क.परिबर्तन) को नामलाई उच्च बनाउदै सो बागमारा बजारलाई परिबर्तननगर पनि भन्ने गरिन्थ्यो,तर बिडम्बना उहाँ अहिले यो संसारमा हुनुहुन्न । राङकोट,ईरिबाङ्, पाछाबाङ गरी तीन गाबिसको बिचमा पर्ने बागमारा बजार पाछाबाङ् खोला र चुञ्बाङ खोला भेत हुने ठिक दुई खोलि दोवानमा पर्दछ । चारैतिरको सेन्तरमा पर्ने (परिबर्तननगर) बागमारा बजार अहिले मात्र होइन पहिलै देखि जब हामी यो संसारममा पाइला तेकेका पनि थिएनौँहोला तब देखि नै प्रख्यात थियो रे । आजभोलि बिजुली,मोटर बाटो र अन्य केहि सुबिधाले र ईरिबाङ गाबिसको छेउछाउमा पर्ने अन्य गाबिसको लागि पनि नजिक र सेन्तर पर्ने भएको हुनाले दिनहुँ बागमारा बजार चर्चामा आउन थालेको छ ।